काठमाण्डौ । बिहीबार आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव परिवारले बुझेको छ। उनको अन्त्येष्टिको तयारी अहिले काठमाण्डौको पशुपति आर्यघाटमा भइरहेको छ ।
यसअघि मृतक नेपालीको परिवारले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएको थियो। प्रहरीले उक्त जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रहरीका अनुसार जाहेरीमा हालसम्म कुनै व्यक्तिलाई प्रतिवादीका रूपमा किटान गरिएको छैन। अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा सम्भावित प्रतिवादीको पहिचान गरिने प्रहरीले जनाएको छ।

