मंगलवार, असार ३०,२०८३ 03:36:35
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 03:36:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मधेस प्रदेशसभाको बैठक आज, बजेट विवाद समाधान कार्यदलको प्रतिवेदन पेस हुने

Laxmi Sunrise Bank Limited
मधेस प्रदेशसभाको बैठक आज, बजेट विवाद समाधान कार्यदलको प्रतिवेदन पेस हुने

 

काठमाण्डौ ।   मधेस प्रदेशसभाको बैठक आज मंगलबार दिउँसो १ बजे जनकपुरधामस्थित प्रदेशसभा भवनमा बस्दैछ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा देखिएको विवाद समाधान गर्न गठित संसदीय कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ।

New Office
CG Motors
Garima Development Bank

गत असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा प्रदेशसभा सदस्यहरू उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य छन्।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। बजेटका योजना तथा विनियोजनलाई लिएर प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाएपछि विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.