बुधबार, कार्तिक ११,२०८३ 11:19:12
  • बुधबार, कार्तिक ११,२०८३ 11:19:12
Global IME Bank Limited

मधेस प्रदेशसभाको बैठक आज, बजेट विवाद समाधान कार्यदलको प्रतिवेदन पेस हुने

Bizshala
मधेस प्रदेशसभाको बैठक आज, बजेट विवाद समाधान कार्यदलको प्रतिवेदन पेस हुने
New Office

 

काठमाण्डौ ।   मधेस प्रदेशसभाको बैठक आज मंगलबार दिउँसो १ बजे जनकपुरधामस्थित प्रदेशसभा भवनमा बस्दैछ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा देखिएको विवाद समाधान गर्न गठित संसदीय कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा प्रदेशसभा सदस्यहरू उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य छन्।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

Garima Development Bank
Bizshala
IME remit

सरकारले कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। बजेटका योजना तथा विनियोजनलाई लिएर प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाएपछि विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.