मंगलवार, असार ३०,२०८३ 04:04:24
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 04:04:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यूनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका स्थानीय लाभान्वित

Laxmi Sunrise Bank Limited
यूनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका स्थानीय लाभान्वित

काठमाण्डौ । यूनाईटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ललितपुरस्थित मेघा अस्पतालका सात जना स्वास्थ्यकर्मीको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन डा। जमाल अश्रफ, बालरोग विशेषज्ञ डा। दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. सङ्गीता कुमारीले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो । अस्पतालकी संयोजक शिल्पा पोखरेलले स्वास्थ्य टोलीको नेतृत्व गरेका थिए ।

शिविरबाट कुल १४३ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए । सेवा लिनेमध्ये ७ वर्षका बालबालिकादेखि ८५ वर्षसम्मका ज्येष्ठ नागरिकसम्म रहेका थिए । अधिकांश सेवाग्राही धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दा थिए भने पुरुषको तुलनामा महिलाको सहभागिता उल्लेखनीय रहेको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक पर्ने निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । शिविरमा सहभागी सबैलाई युनाईटेड सिमेन्ट्सले फलफूलको जुस (फ्रुटी) र बिस्कुट वितरण गरेको थियो । कार्यक्रमको समन्वय युनाईटेड सिमेन्ट्सको प्रशासन प्रमुख धनपति सापकोटाले गर्नुभएको थियो भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीमा ढाड, कम्मर तथा घुँडाको समस्या देखिएको चिकित्सकहरूले जानकारी दिएका थिए । धेरैजसो स्थानीयले नियमित स्वास्थ्य परीक्षण नगराउने गरेको पनि उनीहरूले बताएका थिए । शिविरमा सहभागी स्थानीयवासीले यस्ता स्वास्थ्य शिविर समय–समयमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रमको अन्त्यमा स्थानीय बासिन्दाले समुदायको स्वास्थ्यप्रति चासो दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा युनाईटेड सिमेन्ट्सप्रति आभार व्यक्त गरेका थिए ।

साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालयका प्रतिनिधि तथा सम्पूर्ण सहयोगीप्रति कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेतीले धन्यवाद व्यक्त गरेका थिए । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.