मंगलवार, असार ३०,२०८३ 04:04:28
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 04:04:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पसल–पसल चहार्दै पुरुषहरुलाई गलत तरीकाले छुन र ‘किस’ गर्न खोज्ने महिला पक्राउ

Laxmi Sunrise Bank Limited
पसल–पसल चहार्दै पुरुषहरुलाई गलत तरीकाले छुन र ‘किस’ गर्न खोज्ने महिला पक्राउ

काठमाण्डौ । टर्कीको इस्तानबुलमा विभिन्न पसल तथा कार्यस्थलमा प्रवेश गरी पुरुष कर्मचारीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

टर्की सञ्चारमाध्यमका अनुसार, जेटई नाम गरेकी ती महिलालाई इस्तानबुल प्रहरी विभागले सञ्चालन गरेको विशेष अभियानपछि नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई मानसिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा राखिएको छ। उनी आपराधिक कार्यका लागि मानसिक रूपमा जिम्मेवार छन् वा छैनन् भन्ने विषयमा चिकित्सकीय मूल्याङ्कन भइरहेको बताइएको छ। प्रारम्भिक रिपोर्टहरूमा उनी बाइपोलार डिसअर्डरबाट प्रभावित भएको दाबी गरिएको छ। त्यसपछि उनलाई कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइएको जनाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ती महिला विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा प्रवेश गरी पुरुष कर्मचारीहरूसँग अनावश्यक शारीरिक सम्पर्क गर्न खोजेको, उनीहरूलाई चुम्बन गर्ने प्रयास गरेको तथा अनुचित रूपमा छोएको देखिएको दाबी गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

घटनाको पहिलो विवरण इस्तानबुलको उम्रानिय क्षेत्रमा सार्वजनिक भएको थियो। सीसीटीभी फुटेजमा महिलाले पसलमा प्रवेश गरी पुरुष कर्मचारीहरूसँग नजिकिने तथा अनुचित व्यवहार गर्ने प्रयास गरेको देखिएको बताइएको छ।

भिडियोमा कर्मचारीहरूले ‘कृपया मलाई नछुनुहोस्’ र ‘बाहिर जानुहोस्’ भन्दै उनलाई रोक्न खोजेको सुनिन्छ।

त्यसपछि उनी इस्तानबुलका अन्य जिल्लाहरूमा पनि यस्तै गतिविधि दोहोर्याएको आरोप छ। प्रत्यक्षदर्शीका अनुसार, ती महिलाले आफू विद्यार्थी भएको र खर्च जुटाउन कोलोन (सुगन्धित तरल पदार्थ) बिक्री गरिरहेको भन्दै पसलमा प्रवेश गर्ने गर्थिन्। त्यसपछि पुरुष कर्मचारीहरूसँग शारीरिक सम्पर्क गर्न खोज्ने र अस्वीकार गरिएपछि आक्रामक व्यवहार गर्ने गरेको आरोप लगाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्लो घटना ईकिटेली क्षेत्रको एक व्यवसायिक प्रतिष्ठानमा भएको बताइएको छ, जहाँ उनले एक पुरुष कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप छ। भिडियोमा कर्मचारी उनीबाट टाढिन खोजेको र त्यसपछि महिलाले अपशब्द प्रयोग गर्दै त्यहाँबाट बाहिरिएको देखिएको दाबी गरिएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले पुरुषमाथि हुने यौन दुर्व्यवहारका घटनाप्रति पनि समान संवेदनशीलता अपनाउनुपर्ने धारणा राखेका छन् भने केहीले महिलाविरुद्ध गरिएको मानसिक स्वास्थ्यसम्बन्धी दाबी र कानुनी प्रक्रियाबारे प्रश्न उठाएका छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.