सोमबार, आश्विन १९,२०८३ 01:00:08
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 01:00:08
Bizshala
Global IME Bank Limited

उद्योग मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

Bizshala
उद्योग मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता
New Office

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भेटका क्रममा राजदूत अर्न्स्टले मन्त्री यादवको कार्यकालको पूर्ण सफलताको शुभकामना दिए। उनले वर्तमान सरकारको कार्यदिशा र गतिसँग अष्ट्रेलियन  सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे। 

सो अवसरमा दुई देशबीच भइरहेको आयात(निर्यातको वर्तमान अवस्थाबारे समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा संवाद भएको थियो।

यसैगरी,  अष्ट्रेलियामा  रहेका नेपाली समुदाय (डायस्पोरा) को माध्यमबाट दुई देशबीचको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन गर्न सकिने सम्भावनाका विषयमा पनि सकारात्मक छलफल भएको छ। 

भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले पुर्याउँदै आएको निरन्तर सहयोगको  प्रशंसा  गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.