सोमबार, आश्विन १९,२०८३ 12:58:48
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 12:58:48
Bizshala
Global IME Bank Limited

देशभरका यातायात कार्यालयको अनलाइन सेवा पुनः सञ्चालनमा

Bizshala
देशभरका यातायात कार्यालयको अनलाइन सेवा पुनः सञ्चालनमा
New Office

काठमाण्डौ । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुनः सञ्चालनमा आएको छ।

केन्द्रीय सर्भर तथा नेटवर्कमा आएको प्राविधिक खराबीका कारण सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० आवेदन, नवीकरण, स्मार्ट कार्ड छपाइ, सवारी साधन नामसारी, कर भुक्तानी, जाँचपासलगायतका सम्पूर्ण अनलाइन सेवाहरू अवरुद्ध भएका थिए। यसका कारण देशभरका यातायात कार्यालयहरूको दैनिक सेवा प्रवाहसमेत प्रभावित बनेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यातायात व्यवस्था विभागका प्राविधिक टोलीले निरन्तर प्रयासपछि सर्भरमा देखिएको समस्या पहिचान गरी समाधान गरेसँगै मंगलबार दिउँसो ३ बजेदेखि प्रणाली पुनः सञ्चालनमा आएको विभागले जनाएको छ।

हाल देशभरका अधिकांश यातायात व्यवस्था कार्यालयबाट सेवा प्रवाह सुरु भइसकेको जनाइएको छ। बाँकी केही कार्यालयमा पनि सेवा पूर्ण रूपमा सुचारु गर्न आवश्यक प्राविधिक कार्य भइरहेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.