बुधबार, आश्विन २८,२०८३ 12:00:53
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 12:00:53
Bizshala
Global IME Bank Limited

रातो पासपोर्ट दुरुपयोग प्रकरणमा संविधानसभाका तीन सदस्यलाई जेल सजाय

Bizshala
रातो पासपोर्ट दुरुपयोग प्रकरणमा संविधानसभाका तीन सदस्यलाई जेल सजाय
New Office

 

काठमाण्डौ । रातो पासपोर्ट दुरुपयोग तथा कीर्ते कागजसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले संविधानसभाका तीन पूर्वसदस्यलाई कैद र जरिवाना गर्ने जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गत असार २३ गते गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीतको कसुरमा दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो। फैसलाको पूर्णपाठ भने सार्वजनिक हुन बाँकी छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

काठमाडौं जिल्ला अदालतले २०७१ जेठ २१ गते तीनै जनालाई जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

प्रहरीले उनीहरूमाथि संविधानसभा सदस्यको हैसियतमा प्राप्त विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका लागि बिचौलियालाई बिक्री गरेको आरोप लगाएको थियो। उनीहरू २०६४ सालको संविधानसभाका सदस्य हुन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस मुद्दामा बिचौलियाको भूमिका निर्वाह गरेको अभियोग लागेका डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागजसम्बन्धी कसुरमा दोषी ठहर गरिएको छ।

उनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

त्यस्तै, नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेको अभियोगमा म्याग्दीका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र ५०० रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला पनि कायम भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X