सोमबार, आश्विन १९,२०८३ 12:58:47
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 12:58:47
Bizshala
Global IME Bank Limited

अन्नपूर्ण चिनी मिलका सञ्चालकसहित दुई जना पक्राउ, उखु किसानको २२ करोड बक्यौता नदिएको आरोप

Bizshala
अन्नपूर्ण चिनी मिलका सञ्चालकसहित दुई जना पक्राउ, उखु किसानको २२ करोड बक्यौता नदिएको आरोप
New Office

काठमाण्डौ । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानहरूबाट प्राप्त उजुरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार मिलले गत आर्थिक वर्षमा किसानहरूबाट खरिद गरेको उखुको रकम लामो समयदेखि भुक्तानी नगरेपछि पीडित किसानहरूले प्रहरीमा उजुरी दिएका थिए। किसानहरूको दाबीअनुसार मिलले करिब २२ करोड रुपैयाँ बराबरको रकम तिर्न बाँकी छ।

प्रहरीका अनुसार किसान र मिल व्यवस्थापनबीच पटक–पटक छलफल गरी बक्यौता रकम भुक्तानी गराउने प्रयास गरिएको थियो। तर, उद्योग पक्षले रकम भुक्तानी नगरेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले पक्राउ परेका गुप्ता र कलवारविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.