सोमबार, श्रावण १८,२०८३ 09:30:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:30:53
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशका कर्मचारीले साताको दुई दिन ढाका र अल्लोका पोसाक अनिवार्य लगाउनुपर्ने

कोशी प्रदेशका कर्मचारीले साताको दुई दिन ढाका र अल्लोका पोसाक अनिवार्य लगाउनुपर्ने
New Office

काठमाण्डौ । कोशी प्रदेश सरकारले प्रदेशभित्र उत्पादित स्थानीय कपडाको प्रवर्द्धन गर्ने उद्देश्यसहित कर्मचारीका लागि विशेष पोसाक व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रदेश सरकारले ढाका, खाँडी र अल्लोबाट निर्मित कपडाबाट तयार गरिएका कार्यालय पोसाक साताको दुई दिन अनिवार्य रूपमा प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार र शुक्रबार स्थानीय उत्पादनबाट बनेको पोसाक लगाउनुपर्ने व्यवस्था लागू गरिएको छ। सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयअन्तर्गतका कर्मचारीहरूले बुधबारदेखि स्थानीय उत्पादनका कपडाबाट तयार गरिएको कार्यालय पोसाक प्रयोग गर्न सुरु गरेका छन्।

प्रदेश सरकारले कर्मचारीलाई नियमित रूपमा उपलब्ध गराउँदै आएको पोसाक भत्तामा प्रतिव्यक्ति वार्षिक ५ हजार ५ सय रुपैयाँ थप गरी विशेष पोसाक सुविधा उपलब्ध गराएको जनाएको छ। उक्त सुविधामार्फत स्थानीय उत्पादनको प्रयोग बढाउँदै प्रदेशभित्रका साना उद्योग तथा उद्यमीलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८३/८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले समेत यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति अवलम्बन गर्ने र आवश्यक बजेटको व्यवस्था गर्ने बताएका छन्।

मुख्यमन्त्री कार्कीका अनुसार ढाका, खाँडी र अल्लोजस्ता स्थानीय उत्पादनको प्रयोगले उत्पादन वृद्धि, बजारीकरण र उपभोग विस्तारमा सहयोग पुग्नेछ। यसबाट स्थानीय उद्योग, व्यवसायी र उद्यमीलाई प्रत्यक्ष लाभ पुग्नुका साथै प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.