बुधबार, श्रावण २७,२०८३ 10:55:49
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 10:55:49
Bizshala
Global IME Bank Limited

नेपालमा प्रेसमाथि अंकुशको प्रयास भएको अन्तर्राष्ट्रिय पत्रकार संघको निष्कर्ष

मिडिया हाउसमा अवरोध, पत्रकारलाई धम्की र सरकारी विज्ञापन रोक्ने कदमले ‘स्व–सेन्सरसिप’ बढाएको चिन्ता

Prabhu Bank Limited
नेपालमा प्रेसमाथि अंकुशको प्रयास भएको अन्तर्राष्ट्रिय पत्रकार संघको निष्कर्ष
New Office

 

काठमाण्डौ ।  इन्टरनेशनल युनियन अफ जर्नालिस्ट्स (आईयूजे) ले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

काठमाडौंस्थित विभिन्न सञ्चारगृहका प्रवेशद्वारमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनापछि आईयूजेले विज्ञप्ति जारी गर्दै नेपालमा स्वतन्त्र सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयास भइरहेको जनाएको हो।

जेन–जी आन्दोलनपछि भएको निर्वाचनबाट बालेन शाह नेतृत्वमा सरकार गठन भएयता प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार हुने प्रकृतिका गतिविधि बढेको संघको ठहर छ।

आईयूजेले कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चारगृहका प्रवेशद्वारमा अनधिकृत रूपमा सवारीसाधन राखेर आवतजावत अवरुद्ध गरिएको घटनाको निन्दा गरेको छ। पत्रकार किशोर श्रेष्ठलाई धम्की दिइएको तथा हिरासतमा लिने प्रयास गरिएको घटनाप्रति पनि संघले आपत्ति जनाएको छ।

सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी सूचना तथा विज्ञापनबाट वञ्चित गर्ने नीति अघि सारेको घटनालाई समेत आईयूजेले प्रेसमाथि दबाब बढाउने कदमका रूपमा व्याख्या गरेको छ।

‘यस्ता गतिविधिले स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने र मिडिया बहुलवादलाई कमजोर बनाउने वातावरण सिर्जना गर्छ,’ संघको विज्ञप्तिमा भनिएको छ।

पत्रकार र सञ्चार संस्थामाथि बढ्दो दबाब, धम्की तथा प्रतिशोधको त्रासका कारण नेपालमा ‘स्व–सेन्सरसिप’को प्रवृत्ति बढ्न थालेको आईयूजेको निष्कर्ष छ। सम्भावित कारबाही वा प्रतिशोधको डरले पत्रकारले संवेदनशील विषयमा खुलेर समाचार लेख्न नसक्ने परिस्थिति निर्माण हुनु लोकतन्त्रका लागि गम्भीर संकेत भएको संघले जनाएको छ।

पत्रकारितामाथिको दबाबले सञ्चारकर्मी र सञ्चार संस्थालाई मात्र नभई नागरिकको सूचनाको हक, सार्वजनिक जवाफदेहिता र लोकतान्त्रिक सुशासनलाई समेत कमजोर बनाउने आईयूजेले चेतावनी दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.