बुधबार, श्रावण २७,२०८३ 10:53:50
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 10:53:50
Bizshala
Global IME Bank Limited

खेतमा घाटा, बजारमा महँगी : माइतीघरमा गोलभेँडा पोखेर किसानको आक्रोश

Prabhu Bank Limited
खेतमा घाटा, बजारमा महँगी : माइतीघरमा गोलभेँडा पोखेर किसानको आक्रोश
New Office

 

काठमाण्डौ ।  उत्पादन लागतसमेत नउठ्ने गरी गोलभेँडाको मूल्य खस्किएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन्।

बुधबार बिहान विभिन्न कृषि फार्मबाट गोलभेँडा लिएर माइतीघर पुगेका किसानहरूले बजारमा बिचौलियाको दबदबा कायम रहेको र उत्पादकले उचित मूल्य पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनमा सहभागी किसान बम तामाङले किसानको खेतबारीमा गोलभेँडा कुहिने अवस्था हुँदा उपभोक्ताले भने महँगो मूल्य तिर्नुपरेको बताए। उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तर अस्वाभाविक रहेको भन्दै उनले बिचौलिया नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गरे।

किसानहरूले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि बिमा प्रभावकारी रूपमा लागू गर्न, उत्पादन लागतका आधारमा बजार मूल्य सुनिश्चित गर्न र कृषि उपजको सहज बजारीकरणको व्यवस्था गर्न माग गरेका छन्।

उनीहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.