बुधबार, असार ३१,२०८३ 04:17:23
Bizshala
  • बुधबार, असार ३१,२०८३ 04:17:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोनद्वारा ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा, पूँजी बजार सुधारलाई तीव्रता दिने

Laxmi Sunrise Bank Limited
सेबोनद्वारा ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा, पूँजी बजार सुधारलाई तीव्रता दिने

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारको संरचनात्मक सुधार तथा नियामकीय क्षमता सुदृढ बनाउन ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उक्त व्यवस्था अघि सारेको हो।

बोर्डका अनुसार टास्क फोर्समा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी), मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ संस्थाका प्रतिनिधि तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधिहरूको सहभागिता रहनेछ। उक्त संयन्त्रमार्फत पुँजी बजार सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने बोर्डको योजना छ।

New Office
CG Motors
Garima Development Bank

सेबोनले पछिल्लो समय पुँजी बजारको दायरा विस्तार हुनुका साथै लगानीकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा बढेकाले बोर्डको आन्तरिक संरचना, कानुनी व्यवस्था र नियामकीय क्षमतालाई थप सुदृढ बनाउनु आवश्यक रहेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोर्डका अनुसार प्रस्तावित ‘क्यापिटल मार्केट टास्क फोर्स’ले बजार सुधारका नीतिगत तथा संस्थागत पहललाई समन्वय गर्दै पारदर्शी, व्यवस्थित र विश्वसनीय पूँजी बजार निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.