बुधबार, असार ३१,२०८३ 04:43:47
Bizshala
  • बुधबार, असार ३१,२०८३ 04:43:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलपी ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन

Laxmi Sunrise Bank Limited
एलपी ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन

काठमाण्डौ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा देखिएका कालोबजारी, कृत्रिम अभाव तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

New Office
CG Motors
Garima Development Bank

सिंहदरबारमा आज बसेको समितिको बैठकले ग्यासको सहज र दीर्घकालीन आपूर्तिका लागि आवश्यक पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको हो। 

समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास आपूर्तिलाई व्यवस्थित बनाउन पाइपलाइन विस्तारको सम्भाव्यता, प्रभाव र आवश्यक पूर्वाधारबारे अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा प्रतिवेदन बुझाउन निर्देशन दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकमा पुराना ग्यास सिलिन्डरको प्रयोगबाट उपभोक्तामा पर्न सक्ने जोखिमबारे पनि छलफल भएको थियो।

सभापति अन्सारीले उपभोक्ताको सुरक्षालाई ध्यानमा राख्दै नेपाल एलपी ग्यास उद्योग, नेपाल आयल निगम र मन्त्रालयको समन्वयमा नियमित अनुगमन गरी सिलिन्डरको गुणस्तर परीक्षण सुनिश्चित गर्न निर्देशन दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.