बुधबार, श्रावण २७,२०८३ 08:40:45
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:40:45
Bizshala
Global IME Bank Limited

नेपाल टी२० विश्वकप २०२८ मा सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

Prabhu Bank Limited
नेपाल टी२० विश्वकप २०२८ मा सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
New Office

 काठमाण्डौ । नेपाली किक्रेट टोलीले सन् २०२८ को टी२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । 

आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो ।

आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू अब सिधै ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । नेपाल पनि सो समूहमा परेकाले उसले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन ।

नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै आफ्नो यात्रा टुंग्याएको थियो । त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको छ। ग्लोबल छनोटमा क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन् । अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक टोली र समग्रमा उत्कृष्ट थप तीन टोली गरी सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले यसका लागि न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ । यसअघि विश्वकप छनोटका लागि एसिया इएपी, युरोपियन, अमेरिकन र अफ्रिकन छनोट हुँदै आएकोमा ग्लोबल छनोट फेरि जुर्मुराएको हो ।

 

यो सँगै आईसीसीले टी२० विश्वकपको फर्म्याटमा पनि परिवर्तन गरेको छ । यो परिवर्तन आईसीसीको सम्मेलनबाट पारित भइसकेको र तर अन्तिम स्वीकृति भने नोभेम्बरमा हुने छलफलपछि दिइने जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.