आईतवार, आश्विन १८,२०८३ 11:29:40
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 11:29:40
Bizshala
Global IME Bank Limited

भारतका विवादित विश्वविद्यालयमा पढेका ११४ नेपालीको समकक्षता रद्द

Bizshala
भारतका विवादित विश्वविद्यालयमा पढेका ११४ नेपालीको समकक्षता  रद्द
New Office

 

 काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट शैक्षिक उपाधि हासिल गरेका ११४ नेपाली विद्यार्थीलाई यसअघि प्रदान गरिएको समकक्षता रद्द गरेको छ।

केन्द्रले सार्वजनिक सूचना जारी गर्दै भारतको मेघालयस्थित सीएमजे युनिभर्सिटी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सांगाई इन्टरनेसनल युनिभर्सिटी तथा झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीबाट प्राप्त उपाधिका आधारमा जारी गरिएका समकक्षता पत्र रद्द गरिएको जनाएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यी विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका विद्यार्थीले पेस गरेका शैक्षिक प्रमाणपत्र र अन्य कागजातमाथि केन्द्रले छानबिन गरेको थियो। छानबिनका क्रममा उनीहरूको समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार नदेखिएको केन्द्रको भनाइ छ।

समकक्षता रद्द गर्नुअघि सम्बन्धित विद्यार्थीलाई स्पष्टीकरण तथा प्रमाण पेस गर्ने अवसर दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरिएको थियो। उक्त अवधिमा पेस गरिएका कागजातबाट समकक्षता रद्द नगर्नुपर्ने आधार पुष्टि नभएपछि नियमानुसार निर्णय गरिएको केन्द्रले जनाएको छ।

केन्द्रको सूचनामा भनिएको छ, “सूचनामा उल्लेखित व्यक्तिले पेस गरेका कागजातबाट समकक्षता रद्द गर्नुनपर्ने आधार नदेखिएकाले उनीहरूको नाममा जारी भएका समकक्षता पत्र त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम रद्द गरिएको जानकारी गराइन्छ।”

समकक्षता रद्द गरिएकामध्ये अधिकांश इन्जिनियरिङ विषय अध्ययन गरेका विद्यार्थी छन्। सबैभन्दा धेरै सांगाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका ९८ विद्यार्थीको समकक्षता रद्द भएको छ।

त्यसैगरी, सीएमजे युनिभर्सिटीका १३ जना, टेक्नो ग्लोबल युनिभर्सिटीका दुई जना र प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीका एक जना विद्यार्थीको समकक्षता रद्द गरिएको केन्द्रले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.