बिहीबार, श्रावण २१,२०८३ 01:33:16
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:33:16
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा विभिन्न सहयोग

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा विभिन्न सहयोग
New Office

 

काठमाण्डौ ।  महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।

वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास, मानव सेवा र परोपकारलाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

बैंकले झापाको मेचीनगर–७ स्थित श्री पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ गाउँपालिका–४ स्थित श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, मकवानपुरको हेटौँडास्थित श्री वंशगोपाल आधारभूत विद्यालय तथा चितवनको गैँडाकोट–१ स्थित श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूका लागि आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको छ।

छात्राहरूलाई सुरक्षित र सहज रूपमा शौचालय सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

यसैगरी, बैंकको बेलौरी शाखाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, रामनगरस्थित श्री कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई ८० थान विद्यालय झोला वितरण गरेको छ। विद्यार्थीको अध्ययनमा सहजता पुर्‍याउने उद्देश्यले असार १२ गते आयोजित कार्यक्रमका बीच झोला वितरण गरिएको हो।

बैंकको सिमरा शाखाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा कलेजलाई एक थान ल्यापटप प्रदान गरेको छ। कलेजको शैक्षिक विकास तथा पठनपाठनलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटप उपलब्ध गराइएको बैंकले जनाएको छ।

आर्थिक स्रोतको अभावमा विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकको भनाइ छ।

त्यसैगरी, बझाङको केदारस्युँ गाउँपालिका–४, बागथलास्थित शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरीमैत्री सूचना केन्द्रका लागि बैंकको बझाङ शाखाले आर्थिक सहयोग गरेको छ। उक्त सहयोगबाट थर्मोमिटर, रक्तचाप मापन गर्ने उपकरण, प्राथमिक उपचार बाकस, स्ट्रेचरलगायत स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गरिनेछ।

बैंकले पाल्पाको रिब्दीकोट गाउँपालिका–४ स्थित प्रसिद्ध शक्तिपीठ श्री भैरवनाथ मन्दिरमा फोहोरको प्रभावकारी व्यवस्थापनका लागि १० थान डस्टबिनसमेत हस्तान्तरण गरेको छ।

मकवानपुरको भीमफेदी–१, सानुटारस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आरओ प्रविधिसहितको पिउने पानी संरचना निर्माण गर्न बैंकको हेटौँडा शाखाले आर्थिक सहयोग गरेको छ। ‘स्वच्छ पानी स्वस्थ जीवनको आधार’ भन्ने मान्यताका साथ गुणस्तरीय खानेपानीमा पहुँच विस्तार गर्न सहयोग गरिएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले रौतहटको चन्द्रपुर–१० स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई सेतो डिजिटल बोर्ड प्रदान गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.