बिहीबार, असार ३२,२०८३ 08:41:21
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 08:41:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने

Laxmi Sunrise Bank Limited
५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने

काठमाण्डौ । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन् । 

९८ प्रतिशत घर धुरीमा विद्युत वितरण पुगेको बताउँदै उनले हाल ५९ लाख १६ हजारभन्दा बढी ग्राहक रहेको बताए । हाल मुआब्जा वितरण, जग्गा प्राप्ती लगायतका विषयमा समस्या रहेको उनको भनाइ छ । जलविद्युत उत्पादन मात्र प्रयाप्त नभएको बताउँदै सुदृढ, भरपर्दो, र आधुनिक प्रशारण प्रणाली नै नेपालको उर्जाको सुरक्षा, आर्थिक रुपान्तरण र समृद्धिको आधार भएको बताए । 

New Office
CG Motors
Garima Development Bank

हाल ४ हजार १३० मेगावाट विद्युत उत्पादन भइरहेको उनको भनाइ छ । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावट पुर्याइने लक्ष्य लिइएको छ । ५ वर्षे रणनीति अनुसार अल्पकालिन रणनीतिमा अवरोध हटाउने, मध्यकालीन रणनीतिमा संरचनात्मक सुधार गर्ने र दीर्घकालिन रणनीतिमा ४०० केभी ब्याकबोन र स्मार्ट ग्रिड बनाउने रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको जलविद्युत क्षमताको वास्तविक आर्थिक प्रतिफल मात्र प्रयाप्त नहुने बताउँदै त्यसका लागि ४०० केभी प्रसारण सञ्जाललाई विना कुनै प्राविधक सम्झौता सञ्चालन गर्न सकिने बताए । आगामी कदमको रुपमा विभिन्न खालका अवरोधहरु हटाउँदै ऐन, मापदण्ड लागू गर्दै, दक्ष संस्थागत प्रणालीको निर्माण गरेर मात्रै उर्जाको रक्तसञ्चारलाई निर्वाध प्रवाह गर्न सक्षम हुने उनको भनाइ छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.