शुक्रबार, श्रावण २२,२०८३ 10:04:19
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:04:19
Bizshala
Global IME Bank Limited

विश्वकप २०२६ विजेतालाई ऐतिहासिक औंठी, ट्रफीसँगै खेलाडीले पाउनेछन् ‘च्याम्पियनसिप रिङ’

विश्वकप २०२६ विजेतालाई ऐतिहासिक औंठी, ट्रफीसँगै खेलाडीले पाउनेछन् ‘च्याम्पियनसिप रिङ’
New Office

काठमाण्डौ । विश्वकप फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ का विजेताले परम्परागत ट्रफी र पदकसँगै अब ‘च्याम्पियनसिप रिङ’ पनि पाउने भएका छन् ।  

फिफाले पहिलोपटक विश्वकप विजेतालाई विशेष ‘च्याम्पियनसिप रिङ’ प्रदान गर्ने घोषणा गरेको छ । फिफाका अनुसार यो विश्वकप इतिहासमै पहिलोपटक विजेता टोलीलाई रिङ प्रदान गर्न लागिएको हो ।

फिफाले कुल २ हजार २६ वटा विशेष रिङ तयार गर्ने योजना बनाएको छ । त्यसमध्ये ३० वटा रिङ विजेता टोलीका खेलाडी तथा टोलीका सदस्यका लागि छुट्याइनेछ भने बाँकी रिङ समर्थकका लागि उपलब्ध गराइनेछ ।

प्रत्येक औँठीमा छुट्टाछुट्टै नम्बर हुनेछ र यसको साथमा आधिकारिकताको प्रमाणपत्र समेत दिइनेछ ।

उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा आयोजना भइरहेको विश्वकप २०२६ मा फिफाले अमेरिकी खेल संस्कृतिमा लोकप्रिय रहेको ‘च्याम्पियनसिप रिङ’ परम्परा फुटबलमा भित्र्याउन लागेको हो ।

आगामी आइतबारका राति न्यू जर्सीको मेटलाइफ स्टेडियममा अर्जेन्टिना र स्पेनबीच विश्वकपको फाइनल खेल हुनेछ । सोही दिन विजेता टोलीलाई प्रतिष्ठित ट्रफी र स्वर्ण पदकसँगै जीतको नयाँ प्रतीकको रूपमा यो ’च्याम्पियनसिप रिंग’ प्रदान गरिनेछ ।

फिफाको कुनै पनि प्रतियोगितामा पहिलो पटक यस्तो औँठी दिन लागिएको हो । यो अमेरिकी खेलकुदको चर्चित परम्परा (जस्तै एनबिए वा सुपर बउलमा दिइने औँठी) बाट प्रभावित छ, जसलाई अब विश्व फुटबलमा पनि लागू गरिँदैछ ।

फाइनल खेल सकिएलगत्तै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई उपहारस्वरूप अस्थायी औँठी प्रदान गरिनेछ। त्यसपछि टोलीका ३० सदस्यका लागि उनीहरूको हातको नापअनुसार विशेष रूपमा तयार पारिएका स्थायी औँठी एक विशेष समारोह आयोजना गरी हस्तान्तरण गरिनेछ ।

यो नयाँ सम्मानले विश्वकप विजेताको ऐतिहासिक उपलब्धिलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.