सोमबार, श्रावण ४,२०८३ 02:38:35
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 02:38:35
Bizshala
Global IME Bank Limited

घट्यो बजाजको ईएमआई, अब मासिक किस्ता झनै कम

घट्यो बजाजको ईएमआई, अब मासिक किस्ता झनै कम
New Office

 

काठमाण्डौ ।  नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ।

यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा तीन वर्षको सट्टा अधिकतम पाँच वर्ष अर्थात् ६० महिनासम्मको ऋण सुविधा उपलब्ध हुनेछ। यस व्यवस्थासँगै मासिक किस्ता (ईएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलोपटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकका लागि बजाज मोटरसाइकलको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ।

यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ। यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ।

यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुनेछ। नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना १०० ईएसको मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँ पुगेको छ। यसबाट ग्राहकले हरेक महिना करिब १ हजार १३१ रुपैयाँ बचत गर्न सक्नेछन्।

त्यस्तै, डोमिनार ४०० को मासिक किस्ता करिब ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँमा झरेको छ। यसबाट ग्राहकलाई मासिक करिब २ हजार ८५७ रुपैयाँसम्म बचत हुने कम्पनीले जनाएको छ।

यसैगरी, पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२० एफ, पल्सर २०० एनएस, पल्सर एन२५० तथा एनएस४०० जेडलगायत सम्पूर्ण मोडलको मासिक किस्ता पनि उल्लेख्य रूपमा घटाइएको छ। यसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोटरसाइकल छनोट गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर मोटरसाइकलको स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना हो। मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै बजाजले ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ।

एचएच बजाजका अनुसार ग्राहकको सुविधालाई केन्द्रमा राखेर गरिएको यस निर्णयले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन मद्दत गर्नेछ। कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाजका शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.