बुधबार, श्रावण ६,२०८३ 01:55:35
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 01:55:35
Bizshala
Global IME Bank Limited

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा, साउन ८ गते अन्तर्वार्ता

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा, साउन ८ गते अन्तर्वार्ता
New Office

 

काठमाण्डौ ।  चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १२ जना संक्षिप्त सूचीमा परेका छन्।

आयोगले बुधबार सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी साउन ८ गते हुने जनाएको छ।

सर्टलिस्टमा बर्दियाका प्राडा दयाराम पोखरेल, काठमाडौंका प्राडा दिपेन्द्रबहादुर श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा सञ्जयकुमार श्रेष्ठ र प्राडा सुरज बज्राचार्य परेका छन्।

त्यस्तै, भक्तपुरका प्राडा दिलिप शर्मा र प्राडा सन्ध्या चापागाईं आचार्य, महोत्तरीका प्राडा विनोदकुमार यादव तथा ललितपुरका प्राडा मृगेन्द्र अमात्य, प्राडा सैलेश प्रधान, रविन्द्रमान श्रेष्ठ र विष्णुप्रसाद शर्मा पनि सर्टलिस्टमा समावेश भएका छन्।

आयोगका अनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन हुनेछ।

निर्देशक पदका लागि आयोगले गत असार २६ गते दरखास्त आह्वान गरेको थियो।

उम्मेदवार छनोटसम्बन्धी कार्यविधि, २०८३ अनुसार आयोगको निर्देशनालय तथा बोर्डको कामसँग सम्बन्धित दक्षता, व्यवस्थापकीय सीप, व्यावसायिकता, कार्यअनुभव र सोचपत्रको मूल्याङ्कनबाट प्राप्त कुल अङ्कका आधारमा बढी अङ्क प्राप्त गर्ने १२ जनालाई सर्टलिस्ट गरिएको आयोगले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.