बुधबार, आश्विन २८,२०८३ 03:30:26
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 03:30:26
Bizshala
Global IME Bank Limited

मनसुनजन्य विपद्को जोखिम उच्च, विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

Bizshala
मनसुनजन्य विपद्को जोखिम उच्च, विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
New Office

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, कटान, चट्याङ र सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहेकाले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनामा जनधनको सुरक्षा सुनिश्चित गर्न यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन, वर्षाका बेला अनावश्यक यात्रा नगर्न र आवश्यक परे अत्यधिक सावधानी अपनाउन अनुरोध गरिएको छ। विशेषगरी भारी वर्षा भइरहेको वा बाढी आएको अवस्थामा रातिको यात्रा नगर्न तथा खोला, खोल्सा र नदी तर्ने प्रयास नगर्न आग्रह गरिएको छ।

त्यसैगरी, वर्षाका समयमा काठ–दाउरा संकलन गर्न, माछा मार्न वा पौडी खेल्न नदी तथा खोलामा नजान, पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा जोखिमयुक्त पुल र नदी किनारमा उभिएर फोटो वा भिडियो नखिच्न प्राधिकरणले सचेत गराएको छ। पैदल यात्रा वा हाइकिङमा सकेसम्म एक्लै नजान र विपद्को संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा पुगेर स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

प्राधिकरणले घर वरपरका ढल तथा नाली नियमित सफा राख्न, बर्खायाममा सर्पदंशको जोखिम बढ्ने भएकाले घर–आँगन सफा राख्न र रातिको समयमा बाहिर निस्कँदा टर्चलाइट प्रयोग गर्न सुझाव दिएको छ। चट्याङको सम्भावना देखिएमा सुरक्षित स्थानमा बस्न, महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि र नबिग्रने खाद्य सामग्री सुरक्षित रूपमा तयारी अवस्थामा राख्न तथा मोबाइलमा पर्याप्त ब्याट्री र ब्यालेन्स सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

यसका साथै अफवाहको पछि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र विश्वास गर्न तथा मौसम र विपद्सम्बन्धी सूचना नियमित रूपमा पछ्याउन प्राधिकरणले अनुरोध गरेको छ। विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु, आठ जना घाइते भएका छन् भने करिब १३ लाख १० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्मको अवधिमा सर्पदंशका ८, आगलागीका ८, पहिरोका १४, अविरल वर्षाका ८, जनावर आक्रमणका ३, बाढीका २ तथा हावाहुरीको १ घटना भएको प्राधिकरणले जनाएको छ।

यस वर्षको मनसुन असार ५ गतेदेखि सुरु भइसकेको छ। मनसुनजन्य विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न समयमै पूर्वतयारी र आवश्यक सावधानी अपनाउन प्राधिकरणले पुनः सबैलाई आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.