काठमाण्डौ। सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको साधारण सेयरको लक इन अवधि भदौ महिनामा समाप्त हुने भएको छ ।
कम्पनीका अनुसार सार्वजनिक निष्कासन अन्तर्गत सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७७ हजार ५०० कित्ता साधारण सेयरको लक इन अवधि भदौ १६ गते समाप्त हुन लागेको हो ।
कम्पनीले आईपीओ निष्कासन गरेको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।