बिहीबार, श्रावण १४,२०८३ 09:29:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:29:24
Bizshala
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरको नाफामा २७७%को उछाल, ईपीएस १८.४० रुपैयाँ पुग्यो

सुपर मादी हाईड्रोपावरको नाफामा २७७%को उछाल, ईपीएस १८.४० रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको विद्युत बिक्री आम्दानी वृद्धि भएसँगै र वित्त खर्चमा कमी आएसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४२ करोड ५९ लाख रुपैयाँबराबरको खु।द नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७७.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ११ करोड २७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ ।  

कम्पनीको वित्त खर्च ५४ करोड ३६ लाखबाट घटेर ४६ करोड ५ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च भने ३० करोड ६७ लाखबाट बढेर ३१ करोड ७९ लाख पुगेको  छ । यस्तै अघिल्लो आवमा ७ करोड २८ लाख रहेको अन्य सञ्चालन खर्च पनि बढेर ८ करोड ८७ लाख पुगेको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १४ करोड १४ लाखबाट बढेर ४५ करोड १४ लाख पुगेको छ । त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४७ करोड १ लाख र कुल चालु दायित्व २२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १८.४० रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१५.२२ रुपेयाँ र तरलता अनुपात २.०८ प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.