सोमबार, आश्विन ५,२०८३ 12:36:43
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 12:36:43
Bizshala
Global IME Bank Limited

धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन
New Office

काठमाण्डौ । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट बक्तव्य तथा बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा उल्लेख भएका विषयहरुलाई क्रमशः कार्यान्वयन गर्दै लाने क्रममा मार्जिन लेण्डिङ्ग (Margin Lending), इन्ट्राडे कारोवार (Intraday Trading), धितोपत्र सापटी तथा उधारो (Securities Lending and Borrowing), शर्ट सेलिङ्ग (Short Selling) लगायत धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको छ। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त समितिको सदस्यमा बोर्डबाट तीन जनाको प्रतिनिधित्व सहित नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र स्टक ब्रोकर एशोसियशन अफ नेपालको तर्फबाट एक-एक जना प्रतिनिधित्व रहेको छ।

समितिको प्रमुख कार्यशर्तहरुमा मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र शर्ट सेलिङ्गको लागि गर्नुपर्ने कानूनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थामा सुझाव दिने; यी सेवाहरुको चरणबद्ध कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने; धितोपत्रको दोश्रो बजार सुधार योजनासँग सम्बन्धित कार्यमा समन्वय तथा सहजीकरण गर्ने र आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था लगायत अन्य निकायहरुसँग समेत सहकार्य गर्ने रहेको छ।

धितोपत्रको दोश्रो बजार सम्बन्धी विभिन्न सेवाहरु चरणबद्ध रुपमा थप गर्दै लाने क्रममा पहिलो चरणमा मार्जिन लेण्डिङ्ग, दोश्रो चरणमा इन्ट्राडे, तेश्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त शर्ट सेलिङ्गको व्यवस्था गर्ने बोर्डको नीति कार्यान्वयनको लागि समितिले मार्जिन लेण्डिङ्ग सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल प्रारम्भ गर्दै कार्य शुरुवात गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.