काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३४) ले लगानीकर्ताका लागि मार्जिन कारोबार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल धितोपत्र बोर्डद्वारा लागू गरिएको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ बमोजिम २०८३ साल श्रावण १९ गतेदेखि उक्त सेवा सञ्चालनमा आएको हो।
कम्पनीका अनुसार प्रचलित कानून तथा नियामकीय व्यवस्थाले तोकेको सीमा र मापदण्डभित्र रही आफ्ना ग्राहकलाई मार्जिन कारोबार सेवा उपलब्ध गराइनेछ।
मार्जिन सेवामार्फत सेयर कारोबार गर्न इच्छुक लगानीकर्ताले भिजन सेक्युरिटिजको कार्यालयमा सम्पर्क गरी मार्जिन खाता खोलेर सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले नियामकीय प्रावधानअनुसार सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्दै यसले लगानीकर्तालाई थप सहज र व्यवस्थित रूपमा मार्जिन कारोबार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।