काठमाण्डौ । माछापुच्छ्र्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ ।
क्यापिटलको आज बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल दिने निर्णय गरेको हो ।
फण्डले करसहित ८ प्रतिशतका दरले कुल ९ करोड ७३ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने जनाएको छ ।
प्रतिफल वितरण प्रयोजनका लागि आगामी भदौ २ गते दर्ता किताब बन्द (बुक क्लोज) गरिनेछ । भदौ १ गतेसम्म कायम रहेका इकाईधनीले फण्डले घोषणा गरेको प्रतिफल प्राप्त गर्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।