काठमाण्डौ । संसद बैठक चलेको बेला अब सांसदहरुले सेयर कारोबार गर्न नपाउने भएका छन् ।
संसद बैठक सञ्चालन भइरहेको बेला केही सांसदहरुले ल्यापटपमार्फत सेयर कारोबार गर्र्ने गरेको सूचना आएको भन्दै सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल)ले त्यस्ता गतिविधि नगर्न सांसदहरुलाई सचेत गराएका छन् ।
संसद्को मर्यादा र गरिमा कायम राख्नुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठकमा सहभागी हुँदा सांसदहरूले आफ्नो जिम्मेवारी र आचरणप्रति गम्भीर हुनुपर्ने बताएका छन् ।
साथै सभामुख अर्यालले सांसदहरूको पोशाक, अनुशासन र व्यवहारसँगै संसद् बैठकमा देखिएका केही गतिविधिबारे पनि ध्यानाकर्षण गराएका थिए ।
बैठक चलिरहेका बेला केही सांसदहरूले ल्यापटप प्रयोग गरेर सेयर कारोबार गरेको सूचना आएको र संसद् भवनको लबीमा अनावश्यक भीडभाड गर्ने गरेको विषयमा सभामुखले असन्तुष्टि जनाएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।