शुक्रबार, श्रावण २२,२०८३ 03:05:07
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 03:05:07
Bizshala
Global IME Bank Limited

प्रिमियममा आईपीओ ल्याउन लागेको हुलास फिनसर्भको उत्कृष्ट वित्तीय प्रदर्शन, सेयर बिक्रीअघि नै लाभांश क्षमता ९३%

प्रिमियममा आईपीओ ल्याउन लागेको हुलास फिनसर्भको उत्कृष्ट वित्तीय प्रदर्शन, सेयर बिक्रीअघि नै लाभांश क्षमता ९३%
New Office

काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वित्तीय प्रदर्शन उत्कृष्ट देखिएको छ ।  

गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८/८२ को तुलनामा ८४.४५ प्रतिशत बढी हो । अघिल्ल्लो आवमा कम्पनीले २१ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफामा सुधार देखिएको हो । गत आवमा कम्पनीले ४८ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ११९.२८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २२ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  

साथै कम्पनीको इम्पेयरमेन्ट चार्जमा आएको सुधारले नाफा वृद्धिमा थप टेवा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड ९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको यो कम्पनीले गत आवमा भने ५ करोड रुपैयाँ मात्रै यस्तो चार्ज तिरेको छ ।  

८३ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्भमा २८ करोड ३८ लाख रुपैयाँ संचित रहेको छ भने रिटेन्ड अर्निङमा ७७ करोड ४० लाख रुपैयाँ संचित रहेकोछ ।  

अन्य सूचकहरु सकारात्मक देखिएपनि कम्पनीको दायित्व भने चुलिएको छ । अघिल्लो आवमा ६ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ दायित्व रहेको यो कम्पनीको गत आवमा भने ५३.७२ प्रतिशतले बढेर १० अर्ब ७५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।  

साथै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २६.०४ रुपैयाँबाट बढेर ४८.०४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, एनपीएल ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशत, कस्ट अफ फण्ड ५.७७ प्रतिशत र स्प्रेड दर ३.३९ प्रतिशत रहेको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा भने ७०.०९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा ४५ करोड ५० लाख रुपैयाँ मात्रै वितरणयोग्य मुनाफा छुट्याएको यस कम्पनीले गत आवमा भने ७७ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । यसर्थमा कम्पनीको आईपीओ निष्कासन अघि नै लाभांश क्षमता भने ९३.२६ प्रतिशत रहेको छ ।  

नेपाल राष्ट्र बैंकबाट हायर पर्चेच कर्जा लगानी गर्न इजाजत पत्र प्राप्त यस कम्पनीले ७४ करोड ४६ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५८.८५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३५८.८५ रुपैयाँ दरमा २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.