आईतवार, भाद्र २३,२०८१ 07:37:19
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:37:19
IME remit
Global IME Bank Limited

नेपाल लाइफले रक्तदान लगायतका कार्यक्रम आयोजना गरेर मनायो २३ औँ वार्षिकोत्सव

Hyundai Nepal
नेपाल लाइफले रक्तदान लगायतका कार्यक्रम आयोजना गरेर मनायो २३ औँ वार्षिकोत्सव
Nabil Bank Limited

काठमाण्डौ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।

यस अवसरमा कम्पनीले देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरेको हो।

यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको बिरगंजमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौडामा ३२, ललितपुरमा ३८ र काठमाण्डौमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदरुपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति रु ५ लाख को आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकहरुले गरेको  विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका पदाधिकारीहरु, कर्मचारीहरु, सेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपाल सबै सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X