शुक्रबार, श्रावण २९,२०८३ 06:29:46
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:29:46
Bizshala
Global IME Bank Limited

१८४ सिलिन्डरलाई आधार बनाएर अतिरञ्जित प्रचार नगर्न नेपाल जर्मन उद्योग वाणिज्य संघको आग्रह

Prabhu Bank Limited
१८४ सिलिन्डरलाई आधार बनाएर अतिरञ्जित प्रचार नगर्न नेपाल जर्मन उद्योग वाणिज्य संघको आग्रह
New Office

 

काठमाण्डौ । होटलको आकार, सञ्चालनको प्रकृति र वास्तविक इन्धन आवश्यकतालाई बेवास्ता गर्दै एलपी ग्यासको स्टक संख्यालाई मात्र आधार बनाएर अतिरञ्जित प्रचार गरिएको भन्दै नेपाल जर्मन उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै Radisson Hotel & Residences, Kathmandu मा रहेको १८४ वटा एलपी ग्यास सिलिन्डरलाई अस्वाभाविक वा गैरकानुनी अतिरिक्त भण्डारणका रूपमा प्रस्तुत गर्नु तथ्यपरक नभएको जनाएको हो।

संघका अनुसार होटलमा तीनवटा भवन, करिब २६० अतिथि कोठा तथा ३९२ बेड, ३० वटा अपार्टमेन्ट, तीनवटा ठूला बैंक्वेट हल, चारवटा मिटिङ हल र सातवटा रेस्टुरेन्ट तथा आउटलेट सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको लाउन्ज तथा रेस्टुरेन्टका लागि आवश्यक ग्यासको व्यवस्थापन पनि होटलबाटै हुने संघको भनाइ छ।

होटल व्यवस्थापनका अनुसार हाल दैनिक ६०० भन्दा बढी कैलाश–मानसरोवर जाने यात्रु तथा अन्य अतिथिका लागि ब्रेकफास्ट, लन्च र डिनर तयार गरिन्छ। त्यसबाहेक दैनिक करिब ४०० देखि ५०० कर्मचारीका लागि खाना तयार हुने तथा बैंक्वेट, इभेन्ट, रुम सर्भिसलगायतका खाद्य तथा पेय सेवा पनि सञ्चालनमा छन्।

CG Motors

यस्तो सञ्चालनका कारण होटलमा दैनिक करिब ५० देखि ६० वटा एलपी ग्यास सिलिन्डरसम्म खपत हुने संघले जनाएको छ। त्यसैले प्रयोगमा रहेका, रोटेसनका लागि राखिएका तथा आकस्मिक आवश्यकताका लागि सुरक्षित स्टकमा रहेका गरी कुल १८४ सिलिन्डर हुनु आफैंमा अस्वाभाविक नभएको संघको दाबी छ।

संघले १८४ सिलिन्डरमध्ये सबै एकैपटक प्रयोगमा रहने नभएको स्पष्ट पारेको छ। तत्काल प्रयोगमा रहेका सिलिन्डर, प्रयोगपछि परिवर्तनका लागि राखिएका सिलिन्डर तथा होटलको निरन्तर किचेन सञ्चालनका लागि आवश्यक सुरक्षित स्टक उक्त संख्यामा समावेश रहेको जनाएको छ।

होटलको किचेन चौबीसै घण्टा सञ्चालन हुने भएकाले ग्यास आपूर्ति अवरुद्ध हुँदा सयौं अतिथि, यात्रु, कर्मचारी तथा बैंक्वेट र इभेन्ट सेवामा प्रत्यक्ष असर पर्ने संघको भनाइ छ। त्यसैले निरन्तर र सुरक्षित इन्धन आपूर्ति होटल सञ्चालनको आधारभूत आवश्यकता भएको संघले जनाएको छ।

होटल व्यवस्थापनले ग्यासको प्राप्ति, प्रयोग, वितरण तथा स्टकसम्बन्धी अभिलेख व्यवस्थित रूपमा राख्दै आएको र सिलिन्डरको सुरक्षित भण्डारण तथा प्रयोगमा सरकारी नियम, सुरक्षा मापदण्ड र कानुनी प्रावधान पालना गर्दै आएको संघले जनाएको छ।

संघले होटलमा रहेका १८४ सिलिन्डर लुकाएर वा गैरकानुनी रूपमा अतिरिक्त परिमाणमा भण्डारण गरिएका नभई होटलको वास्तविक सञ्चालन आवश्यकता, दैनिक खपत, सिलिन्डर रोटेसन तथा किचेनको निरन्तर सञ्चालन सुनिश्चित गर्न राखिएको दाबी गरेको छ।

विशेषगरी दुई दिनभन्दा कम समयको सञ्चालनका लागि आवश्यक ग्यासको परिमाणलाई समेत अतिरञ्जित रूपमा प्रस्तुत गर्दा अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रतिष्ठामा असर पर्नुका साथै नेपाली पर्यटन तथा आतिथ्य क्षेत्रप्रति नकारात्मक सन्देश जाने संघको भनाइ छ।

संघले होटल तथा पर्यटन क्षेत्र रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र आर्थिक गतिविधिको महत्वपूर्ण आधार भएकाले यस्ता विषयमा तथ्य, वास्तविक सञ्चालनगत आवश्यकता र सम्बन्धित व्यवसायीसँगको संवादका आधारमा निष्पक्ष मूल्याङ्कन गर्न सम्बन्धित निकाय तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

संघका महासचिव एलेक्स लाल मुक्तानले होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विषयमा तथ्यको पूर्ण सत्यापन, सन्तुलित सूचना सम्प्रेषण र जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताएका छन्। साथै, सुरक्षा र नियमनसँगै व्यावसायिक सञ्चालनबीच सन्तुलित, व्यावहारिक तथा लगानीमैत्री दृष्टिकोण अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X