आईतवार, श्रावण ३१,२०८३ 06:45:46
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 06:45:46
Bizshala
Global IME Bank Limited

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सरकार सक्रिय, मन्त्री मेहताद्वारा प्रस्तावित जग्गा र अस्पताल निरीक्षण

Prabhu Bank Limited
स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सरकार सक्रिय, मन्त्री मेहताद्वारा प्रस्तावित जग्गा र अस्पताल निरीक्षण
New Office

 

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी छन्।

अवलोकनका क्रममा मन्त्री मेहताले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको अवस्था तथा आगामी प्रक्रिया सम्बन्धमा जानकारी लिएकी हुन्। उनले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताइन्।

मन्त्री मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणलाई सप्तरी तथा आसपासका क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धिका रूपमा अघि बढाइने उल्लेख गरिन्। आवश्यक कानुनी, भौतिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै आयोजना कार्यान्वयनमा लैजान सम्बन्धित निकायबीच समन्वय गरिने उनको भनाइ छ।

CG Motors

यसैक्रममा मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको समेत निरीक्षण गरेकी छन्। उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार, चिकित्सक तथा स्वास्थ्यकर्मीको अवस्था र विद्यमान सेवा सुविधाबारे जानकारी लिइन्।

अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सेवा उपलब्ध गराउन मन्त्रालयले आवश्यक समन्वय गर्ने मन्त्री मेहताले बताइन्।

उनले अस्पतालको हस्तान्तरण प्रक्रिया भदौ महिनाको अन्त्यसम्म सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेकी छन्। हस्तान्तरण प्रक्रिया पूरा भएपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरी सेवा विस्तार गर्न मन्त्रालयले सहजीकरण गर्ने उनले बताइन्।

मन्त्री मेहताले स्थानीय नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन संघ, प्रदेश तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

स्वास्थ्य संस्थाको पूर्वाधार, जनशक्ति र सेवा क्षमता अभिवृद्धि गर्दै सप्तरी क्षेत्रलाई स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सरकारको ध्यान केन्द्रित रहने उनको भनाइ छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.