मंगलवार, भाद्र २,२०८३ 01:50:10
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 01:50:10
Bizshala
Global IME Bank Limited

३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै आयुष कुँवरले रचे नयाँ इतिहास, आफ्नै रेकर्ड फेरि सुधारेर २१.६६ सेकेन्डमा झारे

३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै आयुष कुँवरले रचे नयाँ इतिहास, आफ्नै रेकर्ड फेरि सुधारेर २१.६६ सेकेन्डमा झारे
New Office

 

काठमाण्डौ । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा तीन दशक पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।

अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा कुँवरले २०० मिटर दूरी २१.८७ सेकेन्डमा पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका हुन्।

त्यसपछि पनि उनले आफ्नो प्रदर्शनलाई थप सुधार गरेका छन्। अगस्ट ९, २०२६ मा लन्डनमा सम्पन्न २०० मिटर दौडमा कुँवरले २१.६६ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको २१.८७ सेकेन्डको कीर्तिमान पुनः तोडेका छन्।

यससँगै नेपाली पुरुष २०० मिटर स्प्रिन्टको राष्ट्रिय कीर्तिमान अब २१.६६ सेकेन्डमा झरेको छ।

कुँवरले यसअघि ६० मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाइसकेका छन्। उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेन्डको कीर्तिमान तोड्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए। उक्त प्रदर्शन वर्ल्ड एथलेटिक्सको अभिलेखमा समेत समावेश भएको जनाइएको छ।

Bizshala
CG Motors

चोटपछि शानदार पुनरागमन

कुँवरको पछिल्लो सफलता सहज परिस्थितिमा आएको भने होइन। सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङमा चोट लागेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका थिए।

चोटपछि पुनः प्रशिक्षणमा फर्किएका उनले एक वर्षभित्रै ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल भएका हुन्।

कुँवरका अनुसार राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनले सन् २०२३ देखि नै बनाएका थिए। नेपालमा स्प्रिन्ट इभेन्टका खेलाडीले पर्याप्त अन्तर्राष्ट्रिय अवसर नपाउने अवस्था रहेकाले उनले आफैं प्रतियोगिता खोज्दै वर्ल्ड एथलेटिक्सबाट मान्यता प्राप्त प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएका छन्।

हाल अमेरिकामा प्रशिक्षणरत कुँवरले प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेल जीवनका अधिकांश पक्ष आफ्नै पहलमा व्यवस्थापन गर्दै आएका छन्।

कीर्तिमानपछि प्रतिक्रिया दिँदै कुँवरले तीन दशक पुरानो रेकर्ड तोड्न पाउँदा गर्व लागेको बताएका छन्।

“कीर्तिमान भनेको तोड्नकै लागि हो। अब एउटा नयाँ मापदण्ड सेट भएको छ र आगामी पुस्ताका एथलिटहरूले यसलाई चाँडै तोड्नेछन् भन्ने आशा छ,” उनले भने।

उनले नेपाली स्प्रिन्टरलाई व्यवस्थित प्रशिक्षण र अन्तर्राष्ट्रिय अवसर उपलब्ध गराउने उद्देश्यले ‘स्प्रिन्ट प्रोजेक्ट’ नामक निजी परियोजना अघि बढाउने तयारीसमेत भइरहेको बताएका छन्।

शिवम् सिमेन्टको सहयोग

शिवम् सिमेन्टले नेपाली खेलकुद तथा प्रतिभावान खेलाडीको प्रवर्द्धन गर्ने उद्देश्यले कुँवरलाई अनुबन्ध गरेको जनाएको छ। कम्पनीका अनुसार सन् २०२३ देखि नै उनको प्रशिक्षण तथा प्रतियोगिता सहभागितामा आवश्यकताअनुसार हवाई टिकट, खेल पोशाक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ।

कम्पनीले कुँवरको उपलब्धिप्रति बधाई दिँदै नेपाली खेलाडीको विकास र राष्ट्रिय गौरव अभिवृद्धिका लागि सहयोगलाई निरन्तरता दिने जनाएको छ।

सन् २०२७ मा अमेरिकामा आयोजना हुने वर्ल्ड मास्टर्स इन्डोर च्याम्पियनसिपलाई लक्षित गर्दै कुँवरका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई समेत सहयोग गर्ने योजना रहेको शिवम् सिमेन्टले जनाएको छ।

सीमित स्रोतसाधन, चोटपटक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको न्यून अवसरबीच कुँवरले बनाएको नयाँ कीर्तिमानले नेपाली एथलेटिक्समा नयाँ सम्भावना र प्रतिस्पर्धाको स्तर थप उकासेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.