मंगलवार, भाद्र २,२०८३ 06:49:05
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 06:49:05
Bizshala
Global IME Bank Limited

श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियताः १ करोड ४० लाख रुपैयाँ असुली र ३ सय बढी प्रतिष्ठानको निरीक्षण

श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियताः १ करोड ४० लाख रुपैयाँ असुली र ३ सय बढी प्रतिष्ठानको निरीक्षण
New Office

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र यस मातहतका कार्यालयहरूले  गरेको साउन महिनाको आफ्नो सुशासन कार्यसम्पादन सूचकाङ्क र प्रगति विवरण अनुसार विभागले श्रम अधिकारको रक्षा, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान र आर्थिक भुक्तानी व्यवस्थापनमा उल्लेख्य सक्रियता देखाएको छ।

साउन महिनामा विभागले श्रमिकहरूको अधिकार र पारिश्रमिक भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै मेलमिलाप तथा विभागको आदेश र निर्देशन बमोजिम श्रमिकहरूलाई रु। एक करोड ४० लाख ५२ हजार ८ सय १५ बराबरको पारिश्रमिक भुक्तानी गराइएको छ। श्रमिकहरूबाट निवेदन वा मुद्दा परी प्रतिष्ठान र श्रमिकबिच आपसी सहमतिमा रु। ७२ लाख ७१ हजार ९ सय २७ भुक्तानी गराइएको छ। विभिन्न शीर्षकमा गरिएका दण्ड, जरिवाना तथा क्षतिपूर्ति बापत रु ७१ लाख ३५ हजार ३ सय ७१ रकम असुली असुली गर्ने निर्णय गरेको छ।

विभागले बालश्रम उन्मूलनका लागि आफ्नो अनुगमनलाई तीव्र बनाएको छ। यस महिनामा मात्र देशैभर ३ सय ७१ वटा बालश्रम निरीक्षण गरिएका छन्। यसै क्रममा बालश्रम गराए बापत विभिन्न प्रतिष्ठान तथा व्यक्तिहरूलाई रु। २ लाख २० हजार जरिवाना गरिएको छ।

Bizshala
CG Motors

श्रम ऐन र सुरक्षा मापदण्डको पालना गराउन विभागले देशभरका ३ सय ७१ वटा प्रतिष्ठान र १ सय ४२ वटा ब्वायलरको निरीक्षण गरेको छ। यसका साथै २१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीहरूको निरीक्षण गरिएको छ।

यस अवधिमा श्रमिकहरूका तर्फबाट ३ सय वटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका थिए। जसमध्ये ८१ वटा श्रम विवाद आपसी समझदारी र कानुनी प्रक्रिया मार्फत समाधान गरिएका छन्। तर, यसै महिना १ वटा औद्योगिक दुर्घटना दर्ता भएको छ, जसमा एक श्रमिकको मृत्यु भएको छ।

विभागले सेवा प्रवाहलाई थप मर्यादित र जनमुखी बनाउन विभिन्न सुशासनका सूचकाङ्कहरू लागू गरेको छ। गुनासो व्यवस्थापन तर्फ सेवाग्राहीहरूलाई ुपहिले आउनेलाई पहिले सेवाु को आधारमा छिटोछरितो सेवा प्रदान गर्ने गरिएको छ।

साथै, सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार गर्ने, कार्यालयहरूमा उजुरी पेटिका राखी नियमित रूपमा त्यसको निरीक्षण गर्ने, मासिक रूपमा छलफल आयोजना गर्ने र गुनासो सुन्नका लागि प्रभावकारी जनसम्पर्क गर्ने कार्यहरू भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.