काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच नेपालको पूँजी बजार विकास तथा नीतिगत सुधारका विषयमा छलफल भएको छ।
सेबोनको खुमलटारस्थित कार्यालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपालको पूँजी बजारको वर्तमान अवस्था, आवश्यक नीतिगत सुधार तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल भएको बोर्डले जनाएको छ।
भेटका क्रममा आईएमएफका आवासीय प्रतिनिधिले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, प्रभावकारी तथा सुदृढ बनाउन सेबोनले अघि बढाएका सुधारका प्रयासमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
आईएमएफलगायत वित्तीय क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यले नेपालको पुँजी बजारमा आवश्यक सुधार अघि बढाउन तथा नियामकीय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।