काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् भने १२५ जना घाइते भएका छन्। नेपाल प्रहरीद्वारा जारी भदौ २ गतेको २४ घण्टाको तथ्याङ्क अनुसार देशका विभिन्न प्रदेश तथा उपत्यकामा भएका सवारी दुर्घटनामा उक्त मानवीय क्षति भएको हो।
विवरण अनुसार मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा दुर्घटनाका कारण १/१ जनाको अकालमै मृत्यु भएको छ। उता सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र काठमाण्डौ उपत्यकामा भने पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि मृत्यु भएको छैन।
सवारी दुर्घटनामा परी घाइते हुनेहरूको सङ्ख्या भने कोशी प्रदेशमा सबैभन्दा बढी देखिएको छ, जहाँ २८ जना घाइते भएका छन्।
त्यसैगरी मधेश प्रदेशमा २६ जना र काठमाण्डौ उपत्यकामा २३ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा १८ जना, बागमती प्रदेशमा १३ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना तथा कर्णाली र गण्डकी प्रदेशमा १/१ जना घाइते भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।