सोमबार, आश्विन २६,२०८३ 09:44:03
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:44:03
Bizshala
Global IME Bank Limited

विमानमा तातो कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति दिलाउन आदेश

Bizshala
विमानमा तातो कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति दिलाउन आदेश
New Office

 

काठमाण्डौ।  कतार एयरवेजको विमानभित्र अत्यधिक तातो कफी पोखिएर घाइते भएकी एक नेपाली यात्रुले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने भएकी छन्।

उपभोक्ता अदालतले ललितपुर महानगरपालिका–२ की प्रिती थापाको पक्षमा फैसला गर्दै कतार एयरवेजबाट २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले यस्तो फैसला सुनाएको हो।

घटना सन् २०२३ जुलाई १० को हो। अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै काठमाडौं आउँदै गर्दा कतार एयरवेजको QR 744 उडानमा क्याबिन क्रुले दिएको अत्यधिक तातो कफी थापाको तिघ्रा तथा शरीरका संवेदनशील भागमा पोखिएको थियो।

त्यसबाट उनलाई ‘सेकेन्ड डिग्री वर्न’ अर्थात् दोस्रो तहको जलन भएको थियो।

थापाले विमानभित्र पर्याप्त प्राथमिक उपचारको व्यवस्था नभएको, कफीको तापक्रम आवश्यक मापदण्डभन्दा बढी रहेको र कर्मचारीको लापरबाहीका कारण आफूले शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको दाबी गर्दै क्षतिपूर्तिका लागि मुद्दा दायर गरेकी थिइन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अन्तर्राष्ट्रिय महासन्धि र उपभोक्ता ऐन बन्यो फैसलाको आधार

अदालतले फैसला गर्दा अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी ‘मोन्ट्रियल महासन्धि, १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ लाई आधार बनाएको छ।

मोन्ट्रियल महासन्धिको धारा १७ र २१ अनुसार विमानभित्र वा विमानमा चढ्ने–ओर्लने क्रममा यात्रुलाई शारीरिक चोटपटक लागेमा त्यसको जिम्मेवारी वायुसेवा कम्पनीले लिनुपर्ने अदालतको व्याख्या छ।

अदालतले यात्रुलाई उपलब्ध गराइएको कफी अत्यधिक तातो रहेको विषयलाई पनि सेवामा लापरबाहीसँग जोडेको छ।

फैसलामा उल्लेख भएअनुसार पिउन योग्य कफीको तापक्रम ६५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेकोमा कतार एयरवेजले ७० देखि ८० डिग्री सेल्सियससम्मको कफी सर्भ गरेको स्वीकार गरेको थियो।

त्यस्तै, कफीको कपमा बिर्को नलगाइएको र आवश्यक सावधानीका उपायसमेत पर्याप्त रूपमा नअपनाइएको अवस्थालाई अदालतले दुर्घटनाको महत्वपूर्ण कारण मानेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कतार एयरवेजको तर्क अदालतबाट अस्वीकार

कतार एयरवेजले भने यात्रु आफैंले कफी पोखाएको र क्याबिन क्रुको गल्ती नरहेको जिकिर गरेको थियो।

तर अदालतले उक्त तर्क स्वीकार गरेन।

विमानभित्र हुने यस्ता दुर्घटनामा वायुसेवा कम्पनीको दायित्व रहने र कम्पनीले आफ्ना कर्मचारीबाट कुनै प्रकारको लापरबाही नभएको पुष्टि गर्न नसकेको अदालतको ठहर छ।

उपभोक्ता अदालत गठन भएपछि ठूलो रकमको क्षतिपूर्ति निर्धारण गरिएको तथा अन्तर्राष्ट्रिय हवाई यात्रासम्बन्धी महासन्धिको समेत व्याख्या गरिएको यो फैसला महत्वपूर्ण मानिएको छ।

यो निर्णयले अन्तर्राष्ट्रिय उडानमा नेपाली यात्रुले सेवा प्रदायकबाट भोग्नुपर्ने लापरबाही तथा त्यसबाट हुने क्षतिका विषयमा उपभोक्ता अधिकार र वायुसेवा कम्पनीको जिम्मेवारीलाई थप स्पष्ट पारेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.