बुधबार, भाद्र ३,२०८३ 05:53:45
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 05:53:45
Bizshala
Global IME Bank Limited

छात्रालाई मानसिक यातना दिएको आरोप, ‘न्यु फेमिली गर्ल्स होस्टल’ बन्द; ३ लाख जरिवाना

छात्रालाई मानसिक यातना दिएको आरोप, ‘न्यु फेमिली गर्ल्स होस्टल’ बन्द; ३ लाख जरिवाना
New Office

 

काठमाण्डौ । न्यूनतम मापदण्ड पालना नगरेको, गुणस्तरहीन खाना खुवाएको तथा छात्राहरूमाथि गैरजिम्मेवार व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका–३२ मा सञ्चालित **‘न्यु फेमिली गर्ल्स होस्टल’**लाई सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होस्टललाई ३ लाख रुपैयाँ जरिवानासमेत गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौं महानगरपालिका र होस्टल व्यवसायी संघ नेपालको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा विभिन्न कैफियत भेटिएपछि कारबाही गरिएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम होस्टललाई जरिवाना गर्दै तत्काल सञ्चालन रोक्न निर्देशन दिइएको छ।

अनुमति नलिई सञ्चालन, प्यान बिलसमेत नदिएको आरोप

अनुगमनका क्रममा होस्टलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ।

होस्टल आवश्यक अनुमति नलिई वडामा मात्र दर्ता गरेर सञ्चालन गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ।

त्यस्तै, छात्राहरूलाई गुणस्तरहीन खाना खुवाएको तथा भर्नाका क्रममा प्यान बिल जारी नगरेको समेत फेला परेको छ।

Bizshala
CG Motors

वार्डेन छैन, सीसीटिभी पनि जडान नगरिएको

अनुगमन टोलीले होस्टलमा जिम्मेवार वार्डेनसमेत नरहेको जनाएको छ।

छात्राहरूसँग गैरजिम्मेवारपूर्ण व्यवहार गर्ने, मानसिक यातना दिने, सुरक्षा निगरानीका लागि आवश्यक सीसीटिभी सर्भिलियन्स नराख्ने लगायतका कैफियतसमेत भेटिएको बताइएको छ।

अझ गम्भीर रूपमा, रातिको समयमा छात्राहरूलाई अमर्यादित ढंगले जबरजस्ती बाहिर निस्कन बाध्य बनाइएको विषयसमेत अनुगमनका क्रममा उठेको छ।

यी सबै विषयलाई गम्भीर लापरबाहीका रूपमा लिँदै प्रशासनले होस्टल सञ्चालन तत्काल रोक्ने निर्णय गरेको हो।

 

७ दिनभित्र प्रशासनमा उपस्थित हुन निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होस्टल सञ्चालकलाई थप आवश्यक कारबाहीका लागि ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

अनुगमनमा देखिएका कैफियत, सुरक्षा मापदण्ड, दर्ता तथा अनुमति प्रक्रिया र छात्राहरूमाथि गरिएको व्यवहारका विषयमा थप छानबिनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.