बिहीबार, भाद्र ४,२०८३ 08:29:29
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 08:29:29
Bizshala
Global IME Bank Limited

नौवटा संसदीय समितिको बैठक आज बस्दै

नौवटा संसदीय समितिको बैठक आज बस्दै
New Office

काठमाण्डौ । संघीय संसद् मातहतका विभिन्न ९ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक आगामी भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले बिहीबार एकै दिन धेरै संसदीय समितिका बैठक बस्न लागेका हुन्।

कार्यक्रमअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरिनेछ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

Bizshala
CG Motors

यसैगरी, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ।

पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाबारे छलफल हुनेछ। बैठक बिहान १० बजे बस्नेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम–कारबाहीलगायत समसामयिक विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिने कार्यक्रम छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ का सम्बन्धमा छलफल गरिनेछ।

सार्वजनिक लेखा समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायता तथा त्यसको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष तथा कार्यकारी निर्देशकसँग छलफल गरिनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.