काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ को अवधि समाप्त हुन लागेकाले यसको सूचिकरण खारेजीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बैंकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई अनुरोध गरेको छ।
बैंकका अनुसार ७ वर्ष अवधिको उक्त डिबेन्चरमा वार्षिक १० प्रतिशत ब्याजदर कायम गरिएको थियो। अंकित मूल्य रु. १,००० का दरमा जारी गरिएको डिबेन्चरको कुल संख्या २५ लाख ६९ हजार १०४ कित्ता रहेको छ। यसअनुसार डिबेन्चरको कुल अंकित रकम रु. २ अर्ब ५६ करोड ९१ लाख ४ हजार रहेको छ।
बैंकले उक्त डिबेन्चरको अवधि भदौ ८ गते समाप्त हुने जानकारी दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।