बिहीबार, भाद्र ४,२०८३ 02:32:47
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 02:32:47
Bizshala
Global IME Bank Limited

राष्ट्रिय सतर्कता केन्द्रद्वारा अनुगमन र कारबाहीमा तीव्रता, ८५.८२% उजुरी फर्छ्यौट

राष्ट्रिय सतर्कता केन्द्रद्वारा अनुगमन र कारबाहीमा तीव्रता, ८५.८२% उजुरी फर्छ्यौट
New Office

काठमाण्डौ । प्रशासनिक ढिलासुस्ती, अनुशासनहीनता तथा भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको केन्द्रले गत चैतदेखि साउनसम्म उजुरी फर्छ्यौट तथा कार्यालय अनुगमनलाई व्यापक बनाएको हो।

केन्द्रका अनुसार उक्त अवधिमा दर्ता भएका कुल १ हजार २९८ उजुरीमध्ये १ हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छ्यौट भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो।

त्यसैगरी, केन्द्रले कार्यालय अनुगमनको संख्यामा समेत उल्लेख्य वृद्धि गरेको छ। गत चैतदेखि साउनसम्म ९२४ वटा कार्यालयमा अनुगमन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३१८ वटा कार्यालयमा मात्र अनुगमन गरिएको थियो।

Bizshala
CG Motors

अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने, तोकिएको पोसाक नलगाउने तथा कार्यकक्षमा अनुपस्थित रहने गरी कुल ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा आचारसंहिता उल्लंघन गर्ने १० हजार २६८, तोकिएको पोसाक नलगाउने ६४५ र कार्यकक्षमा अनुपस्थित ९१ जना कर्मचारी रहेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा ३१८ वटा कार्यालयमा गरिएको अनुगमनबाट २ हजार ७७५ कर्मचारी कारबाहीमा परेका थिए। यस वर्ष अनुगमनको दायरा र कारबाहीमा परेको कर्मचारीको संख्यामा उल्लेख्य वृद्धि भएको केन्द्रले जनाएको छ।

सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीबाट आचारसंहिता उल्लंघन वा शङ्कास्पद सम्पत्तिसम्बन्धी गतिविधिबारे जानकारी भएमा राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा सम्पर्क गरी सूचना दिन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.