काठमाण्डौ । नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै ‘रंग बहार’ ग्राहक योजना सार्वजनिक गरेको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि निरन्तरता दिइएको अभियानअन्तर्गत ग्राहकले ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
‘बर्जर रंग बहार, उपहारै उपहारस लक्की ड्रको बम्परमा थम्बाजार राइडर १२५’ नाराका साथ ल्याइएको योजनामा बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन्। अभियानको मुख्य आकर्षणका रूपमा थम्बाजार राइडर १२५ मोटरसाइकल रहेको कम्पनीले जनाएको छ।
यसका अतिरिक्त ग्राहकले विभिन्न घरायसी उपकरण तथा अन्य आकर्षक उपहार पनि जित्न सक्नेछन्। अभियानअन्तर्गत ६५ इन्चको स्मार्ट टीभी एक थान, २५३ लिटरका फ्रिज दुई थान, ८ केजीका वासिङ मेसिन तीन थान लगायत विभिन्न उपकरण तथा सामग्री गरी कुल ३६२ वटा उपहार जित्ने अवसर रहेको कम्पनीको भनाइ छ।
अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरको बर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ। साथै, अभियानमा तोकिएका प्रिमियम उत्पादनमध्ये न्यूनतम १२० लिटर खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ।
बर्जर पेन्ट्सले गुणस्तरीय पेन्टिङ समाधान प्रदान गर्दै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले ‘रंग बहार’ अभियान सञ्चालन गरेको जनाएको छ। कम्पनीका अनुसार अभियानले ग्राहकको घरलाई नयाँ र आकर्षक रङरूप प्रदान गर्ने अनुभवमा थप उत्साह र उमङ्गसमेत जोड्नेछ।
अभियानमा सहभागी हुने योग्यता, नियम तथा सर्तलगायत थप जानकारीका लागि ग्राहकले बर्जर पेन्ट्सका आधिकारिक माध्यम वा नजिकैको अधिकृत बर्जर पेन्ट्स डिलरसँग सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।