शुक्रबार, भाद्र ५,२०८३ 10:51:39
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 10:51:39
Bizshala
Global IME Bank Limited

पनामा नहरमा पानीको सतह घट्ने चिन्तासँगै जहाज आवागमनमा कटौती

पनामा नहरमा पानीको सतह घट्ने चिन्तासँगै जहाज आवागमनमा कटौती
New Office

काठमाण्डौ । एल निनो मौसमी प्रभावका कारण पनामा नहर क्षेत्रमा पानीको सतह घट्न सक्ने आशंकाबीच पनामा नहर प्राधिकरणले नहरबाट पार हुने जहाजको दैनिक संख्या घटाउने निर्णय गरेको छ।

प्राधिकरणका अनुसार सेप्टेम्बर ४ देखि दैनिक ३४ वटा जहाजलाई मात्र नहर पार गर्न अनुमति दिइनेछ। त्यस्तै, सेप्टेम्बर १५ देखि यो संख्या घटाएर दैनिक ३२ वटा कायम गरिनेछ।

नहर क्षेत्रमा आगामी दिनमा सुख्खा मौसमको अवस्था थप गम्भीर हुन सक्ने र त्यसले पानीको उपलब्धतामा असर पार्न सक्ने चिन्ताका कारण यस्तो निर्णय गरिएको हो। यसअघि गत मे महिनामा प्रशासनका अधिकारीहरूले पानी संरक्षणका उपायहरू लागू गरिएकाले यस वर्ष जहाज आवागमनमा प्रतिबन्ध लगाउने योजना नरहेको बताएका थिए।

Bizshala
CG Motors

पनामा नहर विश्वव्यापी समुद्री व्यापारका लागि महत्वपूर्ण जलमार्ग हो। यसले विश्वको करिब ५ प्रतिशत समुद्री व्यापार ओसारपसार गर्छ र सामान्य अवस्थामा दैनिक करिब ४० वटा जहाज नहरबाट पार हुने गर्छन्। तर, जुनदेखि औसतमा दैनिक करिब ३५ वटा जहाज मात्र नहरबाट पार भइरहेका छन्।

जहाजको संख्या घटाउँदा नहर हुँदै हुने अन्तर्राष्ट्रिय ढुवानीमा ढिलाइ हुन सक्ने तथा यस मार्गमा निर्भर उद्योगहरूको ढुवानी लागत बढ्न सक्ने जोखिम छ।

यसअघि २०२३ मा परेको गम्भीर खडेरीका कारण नहरमा जहाज आवागमन करिब ३६ प्रतिशतले घटेको थियो। त्यसले विश्वव्यापी आपूर्ति शृंखलामा उल्लेख्य अवरोध सिर्जना गरेको थियो। त्यतिबेला पानीको सतहमा आएको गिरावटलाई एल निनो तथा मानव गतिविधिबाट तीव्र बन्दै गएको जलवायु परिवर्तनसँग जोडिएको थियो।

एल निनो पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरको समुद्री पानीको तापक्रम सामान्यभन्दा बढी हुने प्राकृतिक मौसमी घटना हो। यो सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्न सक्छ र विश्वका विभिन्न क्षेत्रमा गर्मी, खडेरी तथा बाढीजस्ता चरम मौसमी अवस्था निम्त्याउन सक्छ। आगामी महिनाहरूमा शक्तिशाली एल निनोको सम्भावनाले चरम मौसमका घटनाहरू थप बढ्न सक्ने वैज्ञानिकहरूको अनुमान छ।

पनामा नहरमा जहाजलाई प्रशान्त महासागर र क्यारिबियन सागरबीच आवतजावत गराउन लक प्रणाली प्रयोग गरिन्छ। जहाजलाई माथि–तल लैजान आवश्यक पानी मुख्यतः लेक गाटुन लगायतका ताल तथा जलाशयबाट उपलब्ध हुन्छ। लेक गाटुन नहर सञ्चालनका लागि मात्र नभई पनामा सिटीसहित नहर आसपासका शहरमा खानेपानी आपूर्तिको महत्वपूर्ण स्रोतसमेत हो।

यसकारण पानीको स्रोतमा देखिएको दबाबले आगामी दिनमा नहरको सञ्चालनसँगै क्षेत्रीय खानेपानी आपूर्तिमा समेत चुनौती थपिन सक्ने चिन्ता बढाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.