सोमबार, भाद्र ८,२०८३ 09:54:50
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 09:54:50
Bizshala
Global IME Bank Limited

धानचामल आयात घट्यो, एक महिनामै पौने २ अर्ब बाहिरियो

धानचामल आयात घट्यो, एक महिनामै पौने २ अर्ब बाहिरियो
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालले धान तथा चामल आयातमा करिब पौने २ अर्ब रुपैयाँ विदेश पठाएको छ। भन्सार विभागका अनुसार साउनमा १ अर्ब ७८ करोड ८ लाख २९ हजार रुपैयाँबराबरको २४ हजार ९ सय ३९ टन धान तथा चामल नेपाल भित्रिएको हो।

यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक धानचामल आयातको परिमाण र आयातमा खर्च भएको रकम दुवै घटेको छ। आर्थिक वर्ष २०८२/८३ को साउनमा नेपालले २ अर्ब ९२ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको ५७ हजार ८३ टन धानचामल आयात गरेको थियो।

यस वर्षको साउनको तथ्यांकले नेपालको खाद्यान्न आयातमा चामल र बासमतीको हिस्सा अझै ठूलो रहेको देखाएको छ। एक महिनामा मात्रै ८३ करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको ११ हजार ८ सय ५२ टन चामल आयात भएको छ। यसमध्ये ११ हजार ८ सय ५१ टन भारतबाट आएको हो भने २४० किलो इटालीबाट आयात भएको छ।

Bizshala
CG Motors

त्यसैगरी, बासमती चामल आयातमा मात्रै ५६ करोड ८५ लाख ९१ हजार रुपैयाँ बाहिरिएको छ। साउनमा ४ हजार १ सय २५ टन बासमती आयात भएकोमा यसको सम्पूर्ण हिस्सा भारतबाट आएको भन्सार तथ्यांकमा उल्लेख छ।

तयारी चामलसँगै नेपालले ठूलो परिमाणमा नकुटेको धानसमेत आयात गरिरहेको छ। साउनमा ३६ करोड ५० लाख १७ हजार रुपैयाँ बराबरको ८ हजार ६ सय २८ टन धान आयात भएको छ। उक्त सम्पूर्ण धान भारतबाट आएको हो।

चामलको कनिका आयातमा पनि साउनमा १ करोड ३३ लाख ७ हजार रुपैयाँ बाहिरिएको छ। भारतबाट ३ सय ३२ टन कनिका आयात भएको विभागको तथ्यांक छ।

यता, ब्राउन राइस र धानको बिउको आयात भने तुलनात्मक रूपमा निकै न्यून छ। साउनमा ८९ हजार रुपैयाँ बराबरको ६ सय २५ किलो ब्राउन राइस आयात भएको छ। त्यसमध्ये ५ सय किलो थाइल्यान्ड र १ सय २५ किलो भारतबाट आएको हो।

धानको बिउ आयातमा भने चीनको हिस्सा भारतभन्दा बढी देखिएको छ। एक महिनामा ५ लाख १ हजार रुपैयाँ बराबरको ६७ किलो धानको बिउ आयात भएकोमा चीनबाट ४७ किलो र भारतबाट २० किलो आएको छ। मूल्यका आधारमा चीनबाट ४ लाख ९९ हजार रुपैयाँ र भारतबाट २ हजार रुपैयाँ बराबरको बिउ आयात भएको विभागको तथ्यांक छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.