सोमबार, भाद्र ८,२०८३ 12:19:44
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 12:19:44
Bizshala
Global IME Bank Limited

तीन महिनापछि खुल्यो पोखरा–जोमसोम हवाई सेवा

तीन महिनापछि खुल्यो पोखरा–जोमसोम हवाई सेवा
New Office

काठमाण्डौ । जोमसोम हवाई सेवा करिब तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। वर्षाका कारण जेठको तेस्रो सातादेखि बन्द रहेको सेवा सोमबारदेखि निजी वायुसेवा कम्पनी समिट एयरले पुनः थालेसँगै मुस्ताङ जाने हवाई यात्रुको चाप बढ्न थालेको हो।

सोमबार पोखराबाट समिट एयरका तीन उडान भएका छन्। ती उडानमार्फत ४३ जना भारतीय तीर्थयात्री मुस्ताङ पुगेका छन् भने तीन जना यात्रु जोमसोमबाट पोखरा फर्किएका छन्।

पोखरा–जोमसोम हवाई सेवा मुख्यतः छोटो समयका लागि मुस्ताङ भ्रमण गर्ने पर्यटक र तीर्थयात्रीका लागि महत्वपूर्ण माध्यम मानिन्छ। विशेषगरी मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीले हवाई मार्गलाई प्राथमिकता दिने गरेका छन्। विमानस्थलका अनुसार हवाई मार्गबाट जोमसोम पुग्ने यात्रुमध्ये भारतीयको संख्या उल्लेख्य छ।

Bizshala
CG Motors

हवाई सेवा पुनः सञ्चालन भएकै दिन मुक्तिनाथ दर्शनका लागि काठमाडौं हुँदै विभिन्न कम्पनीका आठ हेलिकोप्टर पनि मुस्ताङ पुगेका छन्। यसले वर्षायामपछि मुस्ताङको धार्मिक पर्यटन गतिविधि विस्तारै चलायमान हुन थालेको संकेत गरेको छ।

यद्यपि, जोमसोममा नियमित उडानको पूर्ण तालिका भने अझै निश्चित भइसकेको छैन। यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले नियमित उडानको कार्यतालिका सार्वजनिक गरेको छैन। मौसमको अवस्था र यात्रुको मागअनुसार उडान सञ्चालन हुने अवस्था रहेको विमानस्थलले जनाएको छ।

जोमसोम विमानस्थलमा वर्षमा करिब ६ महिना मात्रै नियमित हवाई सेवा सञ्चालन हुने गर्छ। वर्षायाममा निरन्तर वर्षा, कम दृश्यता र प्रतिकूल मौसमका कारण उडान प्रभावित हुने गरेको छ। त्यस्तै, जाडोयाममा पनि मौसमका कारण नियमित उडानमा समस्या आउने गर्छ।

पोखरा–जोमसोम रुटमा ट्विनअटर विमान सञ्चालन हुँदै आएका छन्। यस क्षेत्रमा तीव्र हावाहुरी र मौसममा हुने अचानक परिवर्तनका कारण उडान प्रायः बिहानको समयमा सीमित हुने गरेको छ।

नियमित सेवा बन्द रहेको अवधिमा पनि आपत्कालीन तथा चार्टर उडान भने आवश्यकता अनुसार सञ्चालन हुँदै आएका थिए। नेपाली सेनाले समेत मुस्ताङमा सामग्री ढुवानी र चार्टर उडान गर्दै आएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.