काठमाण्डौ । सामसङ नेपालले आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याकसहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले सामसङका टिभी, वाशिङ मेशिन र रेफ्रिजेरेटर खरिदमा आकर्षक क्यासब्याक तथा विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्।
सामसङका अनुसार अफरको उद्देश्य प्रिमियम प्रविधि र आधुनिक सुविधायुक्त घरेलु उपकरणलाई ग्राहकका लागि थप सहज र पहुँचयोग्य बनाउनु हो। अफरअन्तर्गत चुनिएका टिभी मोडलमा १२ महिनासम्मको निःशुल्क NetTV Subscription तथा केही मोडलमा निःशुल्क Soundbar समेत उपलब्ध गराइएको छ।
टिभीतर्फ NEO QLED मा ७ प्रतिशतसम्म, Mini LED मा ६ प्रतिशतसम्म, QLED मा १८ प्रतिशतसम्म, UHD मा १२ प्रतिशतसम्म, FHD मा ७ प्रतिशतसम्म र HD टिभीमा २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ। Mini LED को ८५ इन्च तथा UHD को ७५ इन्च मोडल खरिदमा रु. ४९,९९९ मूल्यको Soundbar उपहारको व्यवस्था गरिएको छ। त्यस्तै, चुनिएका NEO QLED, Mini LED, QLED र UHD मोडलमा १२ महिनाको तथा FHD र HD मोडलमा ६ महिनाको निःशुल्क NetTV Subscription उपलब्ध हुनेछ।
वाशिङ मेशिनतर्फ पनि ग्राहकले आकर्षक क्यासब्याक पाउनेछन्। ९–११ केजी क्षमताका AI Ecobubble Washer Dryer मा २३ प्रतिशतसम्म, ९–१२ केजी AI Ecobubble Front Load मा २२ प्रतिशतसम्म तथा ८ केजी Fully Automatic Top Load र ७ केजी Semi Automatic Top Load मा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ। चुनिएका Front Load मोडलमा Surf Excel Matic Powder FL 6KG र केही Fully Automatic Top Load मोडलमा Surf Excel Matic Powder FL 1L उपहारस्वरूप दिइनेछ।
रेफ्रिजेरेटरमा Side by Side मोडलमा ११ प्रतिशतसम्म, 5 in 1 मोडलमा १५ प्रतिशतसम्म, Double Door मा १७ प्रतिशतसम्म र Single Door मोडलमा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको सामसङ नेपालले जनाएको छ।
यसैगरी, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance Service मार्फत ग्राहकले सामसङका होम अप्लायन्सेस २४ महिनासम्मको EMI योजनामा खरिद गर्न सक्नेछन्। पुराना उपकरण नयाँ सामसङ उपकरणसँग साट्न चाहने ग्राहकका लागि ArkoStore तथा नेपालभर रहेका सामसङका अधिकृत रिटेल स्टोरमार्फत Exchange सुविधा पनि उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार यी अफरहरू सीमित अवधिका लागि मात्र लागू हुनेछन्। अफर तथा उपलब्ध मोडलसम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।