बुधबार, भाद्र १०,२०८३ 02:54:00
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:54:00
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

विपद् प्राधिकरण र सुरक्षा निकायसँग छलफल, तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन

भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक
New Office

 

काठमाण्डौ ।भोटेकोशीमा आएको भीषण बाढीले रसुवा तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सम्भावित थप क्षति न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने उद्देश्यले प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहितको आपत्कालीन बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतको तयारी, सुरक्षा निकायको परिचालन र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल गरिनेछ।

प्रधानमन्त्री शाहले बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिइसकेका छन्।

Bizshala
CG Motors

भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो क्षेत्रमा तीव्र गतिमा अघि बढेपछि नदी किनारका बस्ती तथा बजार क्षेत्रमा जोखिम बढेको छ। यसअघि सम्बन्धित निकायहरूले समेत त्रिशूली तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिसकेका छन्।

बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको प्रारम्भिक विवरण आएपछि सरकारले उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई सक्रिय बनाएको छ। नेपाली सेनाका हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.