बुधबार, भाद्र १०,२०८३ 02:16:21
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:16:21
Bizshala
Global IME Bank Limited

रसुवागढी भन्सार ध्वस्त, यार्डमा रहेका सबै सवारी बाढीले बगायो

३६ कर्मचारीमध्ये २ जना बिदामा, धेरै कर्मचारी मोबाइल र सामान छाडेर भागे; क्षतिको विवरण संकलन हुँदै

रसुवागढी भन्सार ध्वस्त, यार्डमा रहेका सबै सवारी बाढीले बगायो
New Office

 

 

काठमाण्डौ । तिब्बततर्फबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा पूर्ण क्षति पुर्‍याएको छ। भन्सार यार्डमा रहेका सबै सवारीसाधनसमेत बाढीले बगाएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार बाढी आएपछि कर्मचारीहरू ज्यान जोगाउन तत्काल सुरक्षित स्थानतर्फ भागेका थिए। धेरै कर्मचारीले मोबाइल फोन तथा व्यक्तिगत सामानसमेत कार्यालयमै छाडेर निस्कनुपरेकाले उनीहरूसँग सम्पर्क स्थापित गरी यथार्थ विवरण संकलन गर्न समय लागिरहेको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार रसुवागढी भन्सार कार्यालयमा ३६ जनाको दरबन्दी रहेको थियो। तीमध्ये दुई जना कर्मचारी बिदामा थिए। बाँकी कर्मचारीको अवस्थाबारे सम्पर्क र विवरण संकलन गर्ने काम भइरहेको छ।

बाढीले भन्सार कार्यालयको भवन तथा अन्य संरचनामा गम्भीर क्षति पुर्‍याउनुका साथै यार्डमा रोकिएका सवारीसाधन पूर्ण रूपमा बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Bizshala
CG Motors

भन्सार यार्डमा आयात प्रक्रियामा रहेका तथा जाँचपासको प्रतीक्षामा रहेका सवारीसाधन कति थिए र तिनको कुल मूल्य कति थियो भन्ने विवरण भने अझै सार्वजनिक भएको छैन।

रसुवागढी नेपाल–चीन व्यापारको प्रमुख स्थल नाकामध्ये एक हो। बाढीले भन्सार पूर्वाधार नै ध्वस्त बनाएपछि तत्कालका लागि यस नाकाबाट हुने आयात–निर्यात तथा भन्सार जाँचपाससमेत गम्भीर रूपमा प्रभावित हुने देखिएको छ।

अर्थ मन्त्रालयले भन्सारको भौतिक संरचना, सवारीसाधन, मालवस्तु तथा अन्य सम्पत्तिमा भएको वास्तविक क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। विस्तृत विवरण आएपछि मात्र क्षतिको आर्थिक परिमाण यकिन हुने बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.