बुधबार, भाद्र १०,२०८३ 04:11:45
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 04:11:45
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श
New Office

काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा खोज, उद्धार र राहत कार्यका विषयमा छलफल भएको हो।

यसअघि प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।

Bizshala
CG Motors

सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा तथा राहतमा सरकार पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताएका छन्। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी गराए।

सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सरकारले समन्वय गरिरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.