काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई सामूहिक लगानी योजना (म्युुचुअल फण्ड) निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले एनआइसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड–२ लाई इकाई निष्कासनको अनुमति दिएको हो । यी दुवै फण्ड बन्दमुखी योजना हुन् ।
एनआइसी एशिया इक्विटी अपोर्चुनिटी फण्डले १० रुपैयाँ अंकित मूल्यमा ८ करोड इकाई फण्ड निष्कासन गर्न अनुमति पाएको हो । यो फण्डको अवधि १० वर्षको रहेको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
त्यस्तै, मुक्तिनाथ म्युचुअल फण्डले १० रुपैयाँ अंकित मूल्यको १० करोड इकाई फण्ड निष्कासन गर्न अनुमति पाएको छ । यो फण्डको अवधि १० वर्षे रहेको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।