शनिबार, आश्विन ३,२०८३ 07:07:55
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 07:07:55
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित रसुवागढीमा फेरि भारी वर्षा, थप जोखिमको चेतावनी

बाढी प्रभावित रसुवागढीमा फेरि भारी वर्षा, थप जोखिमको चेतावनी
New Office

काठमाडौं। रसुवागढी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह थप बढ्न सक्ने जोखिम देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित ठाउँमा बस्न र अत्यावश्यक अवस्थामा बाहेक आवतजावत नगर्न आग्रह गरेको छ।

प्राधिकरणका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेको र त्यससँग सम्बन्धित थप सूचना तथा प्रारम्भिक विश्लेषण प्राप्त भइरहेका छन्। हालसम्म उपलब्ध जानकारीका आधारमा केही समयसम्म पानीको बहाव अझै बढ्न सक्ने देखिएको प्राधिकरणले जनाएको छ। यद्यपि, ठूलो बाढी आउने विषयमा हालसम्म विश्वसनीय सूचना प्राप्त नभएको स्पष्ट पारिएको छ।

Shivam Cement
Bizshala
CG Motors

प्राधिकरणले अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न सर्वसाधारणलाई सचेत गराएको छ। बाढीको जोखिम कायमै रहेकाले प्रभावित क्षेत्र आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन, नदी तथा खोला किनारमा नजान र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

Muktinath Bikas Bank Limited

साथै, आगामी समयमा नेपाल प्रवेश गर्ने अवस्था देखिएमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय गरी एसएमएससहित उपलब्ध विभिन्न सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक सूचना प्रवाह गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सामाजिक सञ्जाल वा अन्य अनौपचारिक माध्यमबाट फैलाइने सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न आग्रह गरेको छ। आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनसमेत सबैमा अनुरोध गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.